Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

उद्घोष

तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।

ईश्वरलाई सुझाव

पूर्खाले बनाएका छाना
आगो जोरेका अँगेना
धान गहुँ फल्ने खेतका आली
आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली
जति रीस उठे पनि नभत्काएस् ईश्वर

अंश

लिएको पनि यही हो
दिने पनि यही हो
अंश लैजानु
यी सबैसबै…

सपनामा


मध्यरातमै ब्यूँझिएँ आफ्नै ओछ्यानमा ।

पात झरेको तर पाउलीन नपाएको
देखेँ, रूखजस्तो सपना ।

सरला

आगोमा पानी घोप्ट्याएझैँ निभेथ्यो उसको तरुनी बैँस
बिजुली चम्किएर चट्याङ पर्दै गर्दा
हिँडी सिस्नुको घुम ओढेर एक्लै ।

ऋतुगीत

घङ्गारूको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अञ्जुलीभरि पानी उघाएर भन्छिन्–
फेरिएनन् यी रूखका पातहरू
संग्लिएन सप्तकोशी
चरा ब्यूझनुअघि हराएकाहरू भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार

उ इश्वर फूटाइरहन्छे

पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,

मायालु ... !

मेरो आँगनमा उसले
घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धुन पठायो ।

म मौन बसेपछि छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर ।

सीमा आभासको मृत्यु घोषणा भएको छ

हिँड्दा हिँड्दै पुगे
एकछिन टक्क उभिनू त्यो बर-पिपलको छेउमा
ओरालो बगेको खोलामा ओरलैतिर फर्किएर सोध्नू
यो मृत्यु कस्को हो ?