Showing posts with label साँझको सङ्घारबाट (कवितासङ्ग्रह). Show all posts
Showing posts with label साँझको सङ्घारबाट (कवितासङ्ग्रह). Show all posts

अज्ञात शोकहरु

सिस्नु झ्याङ्गबाट
सर्पहरु स्याँ गर्दै आइरहेछन्
दुबोका हरिया चौरतिर
पर्याप्त विष लिएर ।

तस्वीर पढेनौ

कुन लहडमा आÏनै तस्वीर बनाएर
बेवारिसे छोड्यौ

क्लाउडिया

ए क्लाउडिया
तिमीलाई नदेखेको बाईस बर्ष भइसक्यो
र पनि प्रेम गर्छु दिगन्त आँखाले
बिस्रन सक्तिन तिमीलाई नदेखेका सम्झनाहरु ।

साहिँली ब्युझन

ए  साहिँली ब्युझन
आज तिम्रो जन्मदिनको रात हो यो
बादल बैंशले पट्ट फूटेर
बृष्टि भएको बिहान हो यो

कहाँ छ र घर

मिर्मिरे च्यातेर
नरमाइलोसँग रोइरहेको बलेंसीमुनी
यौटा प्वाँखको चीनो छोडेर
युगल जोडी छुट्टिएर
आफ्नो गुँड बिसएर
कहाँ जान्छन् यी चराहरु

रातो समय

शितका थोपाबाट
आगो बलीरहेको
रातो समयमा
थोत्रो झुपडीको अँगेनामा
हिउँका चम्का जोडेर
खोक्तै आगो फुकिरहेकी छिन्
बूढी आमै ।

चुराको घर

तिमीले चुराको घर भत्काउन खोज्यौ
मेरै मझेरीभरि चुल्याउँदै
टुक्रा-टुक्रा बेदना
हिमाल बनाएर आफैभित्र ।

आरुफूल र सपना

चिसा ओछ्यानमा ब्युँझन्छन्
सपना चुहेका रातहरु
शरीरको अमिल्दो आकृति जुरुक्क उचालेर
एकाबिहानै बगैंचासम्म पुर् याउँछु
सडकमा हिँड्दा हिँड्दै
ओसिएका सपना
केही गन्तब्य खोजिरहेछन् ।

लखेटिँदा लखेटिँदै

मैले प्रथमपटक टेकेको माटोबाट लखेटिएँ
मैले प्रथमपटक हेरेको अनुहारबाट लखेटिएँ
मलाई प्रथमपटक समातेका हातबाट लखेटिएँ
लखेटिँदा लखेटिँदै आफू आफैँबाट लखेटिएँ


आमा

कुनै बलवान आँधीले हल्लाउन नसकेको उनको शरीर   
कुनै रिसाहा घामको रापले पोल्न नसकेको उनको हृदय
नीलो बनेर फैलिएको बिहानको आकाशभन्दा कम छैन