Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल

मसँग आजै हिंड घर ज्वाँई राख्न लान्छु कान्छा
दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा ।।

म्यारिज खेल्दै रेड लेबल पिउने तिम्रो सोख पनि
घरमै पुरा गरिदिउँला व्यावहार म धान्छु कान्छा ।।

चुरा, धागो, सिन्दुर, पोते केहिदिनु पर्ने छैन
चुला चौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।।

हरेक साँझ मेरो बाटो कुर्दा दिक्क लाग्यो भने
बिदाको दिन घुम्ने खाने जे भने नि मान्छु कान्छा ।।

पियौ भनि रिसाउँदीन विचार बद्ली सकेको छ
गुड फ्राई डे मा तिमीसँगै सफ्ट वियर खान्छु कान्छा ।।

म रूने सिरानी छोडेर आएँ

म रूने सिरानी छोडेर आएँ
फूलको जवानी छोडेर आएँ

पछ्याई तिम्रो पदचाप-छायाँ
म हिँड्ने बिहानी छोडेर आएँ

फूलको सुगन्ध, मायाको बगैँचा
बिर्सेर रूमानी छोडेर आएँ

बालापन, जवानी सम्झेँ दुःख-सुख
यी तमाम् कहानी छोडेर आएँ

लडाँइमा

यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।

ब्यूँझन्छन् अभावमा गाउँ बस्ती
भोक मेट्न मजदुर नजाउ लडाँइमा ।।

आफ्नै बान्धवको रगतै पोखिंदा
जीतको अबीर नलाउ लडाँइमा ।।

यी बाल बच्चा बृद्ध र अबला
छोडेर त्रासमा नधाउ लडाँइमा ।।

गजल

दुनियाँले नटेकेको मेरो शहर तिमीलाई
कसैसँग नसाटेको मेरो रहर तिमीलाई ।

डाँडा पाखा फूल चौर सङ्गीतको धूनसँगै
पूर्णिमामा फूल्ने जून तारा लहर तिमीलाई ।

सारङ्गीमा रेटिएर युगयुग बाँच्ने प्रीित
हाम्रो आँसु हाँसो बग्ने प्रेम नहर तिमीलाई ।

आँखाभरि सजाएका मुटुभरि फूलाएका
तिम्रै लागि लेखिएका गजल बहर तिमीलाई ।

खै के दिउँ प्रेम चिनो मात्र रित्तो मान्छे हुँ म
फूलैफूल बनी फूल्ने पैलो पहर तिमीलाई ।

लडाँइमा

यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।