Showing posts with label समीक्षा. Show all posts
Showing posts with label समीक्षा. Show all posts

कविता, देब्रे र मजेत्रो

प्रा. अभि सुवेदी


हिजोआज काठमाडौंमा हाम्रा नाट्य थेटरहरूमा अनेकौं शैलीमा लेख्ने कविहरूले कविता पाठ गर्ने चलन बसेको छ । गुरुकुल कालदेखि नै बसेको हो, यो चलन । काठमाडौंका केही रङ्गमञ्चहरूले आफ्ना मासिक क्यालेन्डरमा नै कविता पाठको तिथि तोकेका हुन्छन् । यस अर्थमा म यस चलनलाई कविता प्रस्तुतिको नाट्यचरित्रको खोजीको रूपमा हेर्छु । मञ्चमा पढिनुले स्थान र प्रस्तुतिको सम्बन्ध देखाउँछ ।

"साँझको सङ्घारबाट" सीमा आभासलाई नियाल्दा

अनिल श्रेष्ठ

जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति "साँझको सङ्घारबाट" हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूको "सय पाइला गेडीका” छ "साँझको सङ्घारबाट" लिएर पढ्न बसेपछि यो जाडोमा पनि मैले किन किन भित्र एक प्रकारको गर्मी महसुस गरेको छु ।

उत्तरआधुनिकताको लक्षणसहित टापुका स्वरहरु

- गुरुङ सुशान्त

कविको रुपमा चिनिएकी सीमा आभासले टापुका स्वरहरु २०६६ कथासङ्ग्रहको माध्यमबाट आफ्नो कथाकार अनुहार पनि देखाएकी छिन् ।

२०६७ - आशाद - ५

  कृष्ण धरावासी

जर्मन विकास नियोगको सहरी विकास र स्थानीय प्रयत्न -यूडीर्एलई) कार्यक्रमअर्न्तर्गत २०६४ सालमा तोकिएका नेपालका पाँचओटा सहरमा दर्ुइ महिनासम्म बसी एक-एकओटा साहित्यिक कृति तयार गर्ने गरी पाँचजना लेखकहरू सो परियोजनामा सामेल भएका थियौं । धरान, बुटवल, नेपालगन्ज, धनगढी र भक्तपुर, यी पाँच सहरमा क्रमशः सीमा आभाष, भीष्म उप्रेती, अमर न्यौपाने, प्रकाश आङडेम्बे र म थियौं । यी पाँच लेखकका पाँच कृतिमा सीमा आभाषको 'टापुका स्वरहरू' -कथासंग्रह), भीष्म उप्रेतीको 'तिनाउ नदीको किनारमा' -कवितासंग्रह) अमर न्यौपानेको 'पानीको घाम' -आख्यान) प्रकाश आङदेम्बेको 'सृष्टि प्रलयको कथा' -नाटक) र मेरो 'टुँडाल' -उपन्यास) हुन् ।

नारी, कविता र ढुङ्गा - अभि सुवेदी

२०६६ पौष १८, शनिबार
कान्तिपुर दैनिक ।

धरान हुँदै...


धरानका छाताचोक, भोटेपुल, भानुचोक, दन्तकाली, बूढासुब्बा छिचोल्दै समग्र नेपाली समाजको सामाजिक तथा राजनीतिक क्षेत्रमा विद्यमान विकृति र अव्यवस्था चिहाउने आँखीझ्याल हो, टापुका स्वरहरू । पैरवी प्रकाशनले बजारमा ल्याएको सीमा आभासका कथाहरूले आजको मान्छेको कुरा गर्छन् । बेलाबेला धरानको स्थानीयतामा डुबे पनि त्यहाँबाट निस्केर माओवादी र सेनाको बर्बरतालाई पनि हृदयस्पर्शी रूपमा छुन पुगेको छ पुस्तक ।