कविता, देब्रे र मजेत्रो

प्रा. अभि सुवेदी


हिजोआज काठमाडौंमा हाम्रा नाट्य थेटरहरूमा अनेकौं शैलीमा लेख्ने कविहरूले कविता पाठ गर्ने चलन बसेको छ । गुरुकुल कालदेखि नै बसेको हो, यो चलन । काठमाडौंका केही रङ्गमञ्चहरूले आफ्ना मासिक क्यालेन्डरमा नै कविता पाठको तिथि तोकेका हुन्छन् । यस अर्थमा म यस चलनलाई कविता प्रस्तुतिको नाट्यचरित्रको खोजीको रूपमा हेर्छु । मञ्चमा पढिनुले स्थान र प्रस्तुतिको सम्बन्ध देखाउँछ ।

उद्घोष

तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।

गजल

मसँग आजै हिंड घर ज्वाँई राख्न लान्छु कान्छा
दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा ।।

म्यारिज खेल्दै रेड लेबल पिउने तिम्रो सोख पनि
घरमै पुरा गरिदिउँला व्यावहार म धान्छु कान्छा ।।

चुरा, धागो, सिन्दुर, पोते केहिदिनु पर्ने छैन
चुला चौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।।

हरेक साँझ मेरो बाटो कुर्दा दिक्क लाग्यो भने
बिदाको दिन घुम्ने खाने जे भने नि मान्छु कान्छा ।।

पियौ भनि रिसाउँदीन विचार बद्ली सकेको छ
गुड फ्राई डे मा तिमीसँगै सफ्ट वियर खान्छु कान्छा ।।