"साँझको सङ्घारबाट" सीमा आभासलाई नियाल्दा

अनिल श्रेष्ठ

जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति "साँझको सङ्घारबाट" हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूको "सय पाइला गेडीका” छ "साँझको सङ्घारबाट" लिएर पढ्न बसेपछि यो जाडोमा पनि मैले किन किन भित्र एक प्रकारको गर्मी महसुस गरेको छु ।
धेरैबेरसम्म किताबको आवरणमै अल्झिएका मेरा आँखाहरुले फेरि एकपल्ट डेढ दशक अघि मैले बिताएको विराटनगरको भूमिलाई छाम्न पुगेको छ ।

एकताका थियो साँझको सङ्घार टेकेर म विराटनगरको सडकहरुमा थिएँ । डा गोविन्दराज भट्टराईले भन्नुभए जस्तै मेरो लागि त्यो सङ्घार द्विबिधा अनिश्चय अनिर्णय भयप्रद र अन्यौलपुर्णु थियो । मेरो वरिपरि थुप्रै मेरा मित्रजनहरु थिए जसले त्यहाँ मलाई संधै माया र सम्मान दिइरह्यो । नेशनल ईन्ष्टिच्युट अफ टेक्नोलजीको त्यो आँगन विद्मार्थीहरु गुरुजनहरुत्यहाँका कर्मचारी सबै संधै मेरा लागि आफन्तजनहरु जस्तै रहे । बरगाछीको डेरा थियो । कंचनबारी एयरपोर्टबरगाछी र त्यहाँ नजिकैका नहरका छेउछाउ त हाम्रा टहलिहिड्ने ठाउँहरु थिए । ती फैलिरहेका देहातहरु अहिले ती नामहरु संझिन खोज्दा गाह्रो भइरहेछ हामी स्वास्थ्य कार्यक्रम लिएर त्यहाँ पुगिरहेका हुन्थ्यौ । एउटा भकुण्डो जत्रो ठूलो गोलाकार सूर्य प्राय साँझ घर पछाडिको आँपको गाछीबाट तल ओर्लिएर जमिनतिर धिसंदै जान्थ्यो र हाम्रा आँखाहरु सूर्यमा एकटकले बाँधिएर आँपका हाँगाहरुमा अड्किन्थ्यो ।

विराटनगरको त्यही साँझको सङ्घारबाट म पसेको थिएँ जनयुद्वको सुरुङ्गभित्र । बाहिर अँध्यारो गाढा हुँदै थियो र म आशा र निराशा अँध्यारो र उज्यालो निश्चय र अनिश्चय भय र उत्साह बोकेर जनयुद्वको सुरुङ्गभित्र हेलिएको थिएँ । अहिले यहाँसम्म आइपुग्दा एउटा अँध्यारोलाई त हामीले जित्यौ र सुरुङ्गलाई छिचल्यौ । तर एउटा भयावहताबाट निस्केर हामी फेरि संक्रमणकालको अर्को भयावहभित्र पस्दैछौ ।

र सीमाजी तपाईको "साँझको सङ्घारबाट" कृतिको आवरणमा अल्झिएका मेरा आँखाहरु फेरि आज डेढ दशक अघिको संझनाहरुमा अल्झन पुगेको छ ।
त्यो कोशी
त्यो पूल
त्यो सूर्यास्त
र बसको झ्यालहरुबाट छिरेर
आँखाका परेलाहरुमा अड्किन आइपुग्ने त्यो घाम

सीमा आभासलाई पढ्दा यस अघि मुल्याङ्कन मासिकमा पढेका उहाँका एक दूई कविताहरु संझन्छु । अर्थात मुल्याँङ्कनमा पढेका उहाँका ती केही कविताले मलाई सीमा आभास चिनायो । यस अघि चिनेको थिइनँ । फेसबुकबाट उहाँका केही अरु कविता पढें । "क्लाउडिया" "सीमा आभासको मृत्युको घोषणा भएको छ" "आरुफुल र सपना", "साहिली व्युँझ न", "कहाँ छ र घर"
"लखेटिँदा लखेटिँदै", "चराको घर", "म तिमीलाई प्रेम गर्छु" आदी कविताहरु पढेपछि धेरैबेरसम्म म सीमा आभासको कवितासंग घोत्लिरहें । महिला लेखिकाहरुमा पारिजात पछिका मैले पढेका यी शक्तिशाली कविताहरु थिए । यी कविताहरुले सीमा आभासलाई कविताको क्षेत्रमा दरो गरी उभ्याइदिएको छ ।

मेरो शयनकक्षमाथि तरबार झुण्डिएको छ
तरबार झरेर हाम्रो प्रेम चिर् यो भने
मेरो भित्तामा लेपासिएका
तिम्रा तस्वीर एक्लिनेछन्
तस्वीर एक्लिनु अगावै
झर्न नदेउ तरबारको धार
-क्लाउडिया
कतिखेर कतिखेर मलाई झ्वाप्प छोप्न आइपुग्छन् सीमा आभासका कविताका यी र यस्तै हरफहरु । यो चिसो एकान्तमा मलाई आज एक्लै बस्नुछ सीमा आभासका कविताहरुसंग । यी शव्दहरु छोएर मलाई सीमा आभासका कविताहरुसंग बात मार्नु छ । मेरो यो एकान्तलाई बाधा हाल्न आज कुनै विरामी नआइदिए हुन्थ्यो । "साँझको सङ्घारबाट” हातमा लिएपछि आफ्नो कार्यकक्षभित्र पसेर मैले यस्तै कामना गरेको छु आज ।

मिर्मिरे च्यातेर
नरमाइलोसंग रोइरहेको बलेसीमुिन
यौटा प्वाँखको चिनो छोडेर
युगल छट्टिएर
आफ्नो गुँड बिसर्िएर
कहाँ जान्छन् यी चराहरु
-कहाँ जान्छन् यी चराहरु

धेरै पर्दैन थोरै शव्दहरुमा पनि धेरै कुराहरु भन्ने सामथ्र्य राख्छिन् सीमा आभास । त्यसैले त पाठकका आँखाहरु धेरैचोटी दोहोर् याएर पढ्ने चाहना राख्न सक्छन् उनका कविताहरु ।

कमजोर कविताहरुलाई पढ्न जो कोहीले कमै हिम्मत गर्छन् । कविता पढ्न र त्यसलाई बुझ्न धेरै गाह्रो काम हो । तर शक्तिशाली कविताले भने पाठकलाई आफूसंग बाँधेरै राख्छन् । जतिपटक पढेपनि त्यसबाट निस्कने नयाँपनहरुले पाठकलाई नौलो र आनन्दको अनुभूति दिन्छ । एउटा सुन्दर कविताले सुन्दर युगको जन्म दिएको हुन्छ । तर सुन्दर कविता र सुन्दर युगको जन्म धेरै प्रसवपूर्ण हुन्छ । यस अर्थमा पनि सीमा आभास शक्तिशाली छिन् । उनले कवितालाई शव्दमा अल्मल्याएर मर्न दिएकी छैनन् । उनले युगको प्रतिनिधित्व दिएकी छिन् ।

कुनैबेला कविता लेखेरै मारिनु पर्ने अवस्था थियो शासकहरुबाट । कृष्ण सेन इच्छक मारिए । डि। कौडिन्य मारिए । लेखकका कलमहरु भाँच्न जर्जर र वर्वर भएर शासकका आँखाहरु जताततै उमि्ररहेका बेला यस्तो बेला सीमा आभासले कलम समातेर सडकमा उभिने साहस गरिन् र उनी बन्दी बनाइन् ।
बन्दी बनाइनु वेपत्ता पारिनुमारिनु यस्तो थियो हामी नागरिकहरुको नियित
कहाँ थियो हाम्रो आफ्नो त्यो देश

म त्यही उभिएको छु
जहाँ मलाई सुहाउने केही छैन
…………।
यो सुदुर विरानोबाट
कसले गाइदिन्छ मेरो निम्ति गीत
कसले बजाइदिन्छ मेरो निम्ति बाँसुरी
………॥
मलाई यत्ति थाहा छ
म जहाँ भए पनि
जीवनको संगीत बज्ने
सौन्दर्यको गीत गुन्जने त्योँ ठाउँ मेरो हो
-संझनामा गाउँ

र हामी संधै यसै गरी देश खोजिरहेका थियौं । आफ्नो देशको लागि लडिरहेका थियौं । तर एकाथरी शासक वर्गका भने देशलाई अघाउन्जेली लुट्दै थिए र उनीहरुका कलमहरु हाम्रा विरुद्वमा काला मसीहरु वमन गरिरहेका थिए ।

यो एकान्तमा म एक्लै छु सीमा आभासका कवितासंग ।

भुमिका र कविताहरु पढिसकेपछि घरि घरि मलाई किन यस्तो लागिरहेछ-यति सुन्दर कविताहरुको कमजोर भुमिका लेखन हो "साँझको सङ्घारबाट” माथिको डा. गोविन्दराज भट्टराईको यो भमिका । सुन्दर कवितामाथि असुन्दर लाग्ने डा। भट्टराईका कतिपय शव्दहरुले कवितामाथि न्याय गर्छ भन्ने मलाई लाग्दैन । साच्चै नै सीमा आभासका कविताले बाँचेको युग सहज थिएन । युद्व द्वन्दर राज्य आतंकको चर्को चपेटा भोगेर आएको थियो सीमा आभासका कविताहरुले । त्यो शासकको चरम निरंकुशताको विरुद्वमा उठेको क्रान्तिको एउटा काल थियो । त्यो क्रान्तिको निरर्थकता थिएन । एउटा उन्मादमा चढेर मानिसहरु उम्लिएको व्यर्थ समय पनि थिएन । त्यो सचेत नागरिकहरुले निरंकुशताको विरुद्व लडेको न्याय र परिवर्तनको आन्दोलन थियो । फेरि त्यो कसरी अवान्छित युद्व हनसक्छ मृत्यु र जीवनको भयावह पीडाबाट गुजि्रएर पनि एउटी नारी किन आमा बन्न चाहन्छे जीवनलाई संघर्ष र बलिदानको कष्टकर आगोमा होमेर परिवर्तनको एउटा नयाँ मुलुक जन्माउन पनि शायद यस्तै हुनुपर्छ । जसरी एउटी महिलाले सन्तान प्राप्तिपछि उसका आँखाहरुबाट सन्तुष्टी सुख र आनन्द प्राप्त गर्छ क्रान्तिपछिको मुलुकको प्राप्ति पनि यस्तै नहोला र

आखिर क्रान्ति त निरन्तर भइरहने प्रकि्रया हो । लेखक स्रष्टा र साहित्यकार त संधै क्रान्तिकै पक्षपाती हुन् । संधै न्यायकै पक्षधर हुन् ।

म सीमा आभाससंग सहमत छु

ए ! बसा्रदी ओढेर निदाएकी स्वास्नीमान्छे
छापिनुपर्छ
तिमी निर्वाध आकाशमा उडेका तस्वीरहरु
तिमी युद्वमा होमिएका
साहसिक खबरहरु

No comments: