मैले प्रथमपटक टेकेको माटोबाट लखेटिएँ
मैले प्रथमपटक हेरेको अनुहारबाट लखेटिएँ
मलाई प्रथमपटक समातेका हातबाट लखेटिएँ
लखेटिँदा लखेटिँदै आफू आफैँबाट लखेटिएँ
कतै स्नेह र प्रेम नछरिएको
मरूभूमिभन्दा पनि शुन्य र उराठ बाटो हुँदै
पसिनै पसिनाको कन्चट
आँतभरि तिर्खा लिएर लखेँटिएँ
लखेटिँदा लखेटिँदै
बाटो वरिपरि गुराँस फुने देशको याद आयो
चिसो पानी बग्ने गाउँको पँधेराको याद आयो
काफल पाकेको जंगलमा कोइलीले गाएको गीतको याद आयो
र, याद आयो मलाई झुक्याएर भागेको विगतको
लखेटिँदै जाँदा
बाटोमा कतै विश्राम भेटिएन
समी पिपल र चौतारो पनि भेटिएन
लखेटिँदै जाँदा
थुप्रै चीजहरू भेट्टाएँ र गुमाएँ
समात्न खोजेका हातहरू छोडिएका छन्
संगाल्न खोजेका साथहरू छोडिएका छन्
छेकबार चुँडेर दौडिरहँदा
अन्जानबस्तीमा नानीहरू खेलेको भेटेँ
आफूभरि आँखाभरि
लखेटिँदा लखेटिँदै
कल्पनाका गुराँसबाट पनि लखेटिएँ
मैले विश्राम नगरेको चौतारोबाट लखेटिएँ
मैले शितलता नतापेको छहारीबाट लखेटिएँ
स्वयम् आफ्नै छायाँ छोडिएर लखेटिएँ
यसरी
मैले प्रथमपटक टेकेको माटोबाट
म आफैँ लखेटिएँ ।
मैले प्रथमपटक हेरेको अनुहारबाट लखेटिएँ
मलाई प्रथमपटक समातेका हातबाट लखेटिएँ
लखेटिँदा लखेटिँदै आफू आफैँबाट लखेटिएँ
कतै स्नेह र प्रेम नछरिएको
मरूभूमिभन्दा पनि शुन्य र उराठ बाटो हुँदै
पसिनै पसिनाको कन्चट
आँतभरि तिर्खा लिएर लखेँटिएँ
लखेटिँदा लखेटिँदै
बाटो वरिपरि गुराँस फुने देशको याद आयो
चिसो पानी बग्ने गाउँको पँधेराको याद आयो
काफल पाकेको जंगलमा कोइलीले गाएको गीतको याद आयो
र, याद आयो मलाई झुक्याएर भागेको विगतको
लखेटिँदै जाँदा
बाटोमा कतै विश्राम भेटिएन
समी पिपल र चौतारो पनि भेटिएन
लखेटिँदै जाँदा
थुप्रै चीजहरू भेट्टाएँ र गुमाएँ
समात्न खोजेका हातहरू छोडिएका छन्
संगाल्न खोजेका साथहरू छोडिएका छन्
छेकबार चुँडेर दौडिरहँदा
अन्जानबस्तीमा नानीहरू खेलेको भेटेँ
आफूभरि आँखाभरि
लखेटिँदा लखेटिँदै
कल्पनाका गुराँसबाट पनि लखेटिएँ
मैले विश्राम नगरेको चौतारोबाट लखेटिएँ
मैले शितलता नतापेको छहारीबाट लखेटिएँ
स्वयम् आफ्नै छायाँ छोडिएर लखेटिएँ
यसरी
मैले प्रथमपटक टेकेको माटोबाट
म आफैँ लखेटिएँ ।
No comments:
Post a Comment