नारी, कविता र ढुङ्गा - अभि सुवेदी

२०६६ पौष १८, शनिबार
कान्तिपुर दैनिक ।






लाखौँ कविताका श्रोत, कारण र विषय बनेका हुन्छन् नारी । चाहे ती लेख संयोग का हुन् या वियोगका, प्रेम - घृणा, यौवन, उमेर, सब खालका लेखमा कतै न कतै कुनै न कुनै रुपले सहभागी भएका हुन्छन्।  पुरुष प्रधान समाज होस् या महिला प्रधान, महिला प्राय सहनशिल स्वभावका  हुनु, भावना हरु व्यक्त गर्न पुरुषको तुलनामा हिच्किचाउनु र अन्तर्मुखि स्वभावका हुनुले पनि महिला स्रष्टा हरुको साहित्य परिवेश मा अलि कम सहभागिता पाइन्छ । तर जति पनि महिला सर्जक हुनुहुन्छ वहाँका लेख जीवन्त र मार्मिक भई उत्कृष्ट अभिव्यक्तिका साथ बाहिर आएको महसुस हुन्छ । यिनै हाम्रा मानव सभ्यतामा ममताकी खानी, माया र स्नेहकी प्रतिमूर्ति, समाजका देवी भनेर व्याख्या गरिने नारी सर्जकहरूका भावनाका लहरहरू समेटेर अभि सुवेदीले लेखेको यो लेखमा उनले कविताका वरि परी घुम्ने नारी आवाजहरूलाई खुलेर प्रस्तुत गरेका छन् । सोही लेखबाट मैले ती कविताका हरफहरूलाई टिपेर यहाँ गाँसेको छु । सलाम सबै कवयित्री मनहरूलाई ।

"गिट्टी बेचेर नानी पाल्ने उसलाई
भगवान् पुजिने धेरै ढुङ्गा फुटाएपछि
यो निर्जन दुनियाँले भन्ने गर्छ
ऊ ईश्वर फुटाइरहन्छे । " - सीमा आभास ( साँझको सङ्घारबाट )

"छालमा उफ्रिएर
जीवनको उमङ्ग भोगेको बेला
अनायास उठ्ने आँधीलाई समेत
छातीको आडले
शिशुलाई झैँ
लुटुक्क सुताउँछन् नदीहरू ।" - ज्योति जङ्गल ( पहाडको मन )

"शब्दका तरङ्गित छालहरू
साँझमा देखिएका रूखहरू
थुम्काहरूसँगै
टोलाईरहेथे सायद
आकाशका निन्द्रामग्न आँखाहरूमा
सूर्य लुकामारी खेल्दै
पारिपट्टि पुगेको क्षण
एउटा स्वागत, एउटा सम्मान आएर गइसकेछ ।" - सविता गौतम ( प्रतिध्वनि )

"जब म मेरो
विषयमा सोच्छु,
मरीमरी हाँस्न थाल्छु,
मेरो जीवन एउटा ठट्टा भएको छ
यो एउटा नाच जुन हिँडियो,
यो एउटा गीत जुन उच्चारित भयो ।" When I think about myself " - Maya Angelou ( अमेरिकी कविशिरोमणि )
माया एन्जेलुको यो कविता

"के भएको यस्तो
साँझ नौलो भाकामा
चराहरूका गलामा बास्यो
त्रिदेवीको वरिपरि ठमेलमा
उर्ध्व आसनमा
आकाशसँग संवाद गरी बसेका
चमेराहरूका आँखामा
आकाशै रोयो ।" - अभि सुवेदी

"नायिकाहरू उनका लोग्नेहरूका दराजमा
थन्क्याएका सिद्दान्तहरूसँग विचारका
बुइँगलमा बसे ।
न्याय, सम्मानका
सबै मानिसले बोक्ने
फुटेका डब्बाहरूको धूलो पुछे
अनि ती भाँडालाई
नारीत्वका मौन रिजर्भ्वायरमा
लगेर राखे तिनले ।
रिजर्भ्वायरका शान्त पानीमा
किनाराबाट निहुरेर हेरे
तर त्यहाँ तिनले त्यहाँ
केवल आफ्ना विश्वास देखे,
किनकि तिमी जे हुन सक्दैनौ
त्यो पनि तिम्रै हो । " - Karen Swenson (The Landlady in Bangkok) - "Heroine" करेन स्वेन्सन्‌को बारेमा थप

No comments: