२०६७ - आशाद - ५

  कृष्ण धरावासी

जर्मन विकास नियोगको सहरी विकास र स्थानीय प्रयत्न -यूडीर्एलई) कार्यक्रमअर्न्तर्गत २०६४ सालमा तोकिएका नेपालका पाँचओटा सहरमा दर्ुइ महिनासम्म बसी एक-एकओटा साहित्यिक कृति तयार गर्ने गरी पाँचजना लेखकहरू सो परियोजनामा सामेल भएका थियौं । धरान, बुटवल, नेपालगन्ज, धनगढी र भक्तपुर, यी पाँच सहरमा क्रमशः सीमा आभाष, भीष्म उप्रेती, अमर न्यौपाने, प्रकाश आङडेम्बे र म थियौं । यी पाँच लेखकका पाँच कृतिमा सीमा आभाषको 'टापुका स्वरहरू' -कथासंग्रह), भीष्म उप्रेतीको 'तिनाउ नदीको किनारमा' -कवितासंग्रह) अमर न्यौपानेको 'पानीको घाम' -आख्यान) प्रकाश आङदेम्बेको 'सृष्टि प्रलयको कथा' -नाटक) र मेरो 'टुँडाल' -उपन्यास) हुन् ।
सबै कृति प्रकाशित भई पाठकका हातमा पुगिसकेका छन् ।
जीटीजेडले नेपालमा गरेको यस प्रकारको यो पहिलो परियोजना रहेछ । पर्ूण्ाकालिक लेखकका रूपमा काम गर्नु पर्दाको अनुभव एकदम नै रमाइलो र आनन्ददायक थियो । आफूले तयार गर्नर्ुपर्ने कृतिका लागि आवश्यक सामग्री संकलन, अध्ययन भ्रमण, तथा स्थानीय नागरिकहरूसँगको अर्न्तर्सम्बाद्ध गर्दै कृतिलाई चाहिने सामान भेला गर्नु पर्दाको अनुभव नै अनौठो थियो । कति -कति बेला लाग्थ्यो, के म साँच्चै किताब लेख्नकै लागि यी सबैकुरा भेला गर्दै छु त † जे होस् केही समयमा सामग्रीहरू संकलन भए र लेख्दै पढ्दै गर्नका लागि पुग्दो भारी भेटियो । दस दिनजति रातदिन पढेरै बित्यो । दर्ुइ महिने परियोजना एक महिनामै पूरा गर्दै मैले 'टुँडाल' उपन्यास तयार गरेको थिएँ ।
त्यो परियोजनामा काम गरिसक्दासमेत मनमा अचम्म लागेको थियो । त्यो कस्तो संस्था होला - कस्तो काम लगाएको होला - नेपालका कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरूले गर्न नसकेको काम एउटा विदेशीसंस्थाले गराएको थियो । यी माथिका पाँचै कितावबहरू जर्मनी परियोजनाका लागि खासै उपयोगी थिएनन् ।
यसै परियोजनाको निरन्तरताको अन्तिम कार्य रहेछ जर्मन भ्रमण गराउने । २०६६ मंसिर १४ गतेदेखि १५ दिनको जर्मन भ्रमणको यात्रामा चारजना साहित्यकारहरू बेञ्जु शर्मा, भूपाल र्राई, विप्लव प्रतीक र म थियौं । डिसेम्वरको मध्य चिसोमा हामी जर्मनी घुमिरहेका थियौं । यो साहित्यिक सांस्कृतिक यात्रामा जर्मनका महत्त्वपर्ूण्ा साहित्यिक संघ संस्था, विश्वविद्यालयका प्राध्यापक, लेखक तथा पुस्तकालयहरूको अध्ययन गर्न पाइयो ।
यस्तैक्रममा, ९ डिसेम्बर २००९ का दिन हामीलाई प|mान्कर्फट सहरको पर्ूवमा रहेको बर्ेगे-एनकहाइम भन्ने ठाउँमा लगियो । जहाँ सन् १९७४ मा पहिलो पल्ट 'टाउन रार्इर्टसहरू' को नियुक्ति गरिएको थियो र त्यो हालसम्म निरन्तर रहेछ । नगरपालिका अर्न्तर्गत टाउन रार्इर्टसहरूको नियुक्ति गर्ने एक समिति हुँदोरहेछ, त्यसको सिफारिसमा लेखकहरूको आवेदन संकलन गरी त्यस समितिले छनोट गरेको लेखक एक वर्षम्मका लागि अनुबन्धित हुँदोरहेछ र उसलाई आवश्यक सम्पर्ूण्ा सुविधाहरू उपलब्ध गर्राई नियुक्ति गरिँदो रहेछ । नियुक्ति गर्ने संस्थाले उपलब्ध गराएको आवासमा कम्तीमा ६ महिना अनिवार्य रूपमा बस्नर्ुपर्ने रहेछ ।
'टाउन रार्इर्टस' मा नियुक्ति पाइसकेपछि ती लेखक त्यस सहरमा कुनै पनि समस्या वा विषयमा पुस्तक लेख्न स्वतन्त्र रहने, सहरका कुनै पनि व्यक्ति, संस्था वा सरकारी निकायहरूसँग जानकारी लिन सक्ने र ती लेखक त्यस वर्षा लागि औपचारिक व्यक्तिका रूपमा स्थापित हुने भएकाले जनताका बीच पनि अलग्गै पहिचान र सम्मानयुक्त हुँदा रहेछन् । त्यसरी एक वर्षा तयार गरिएको पुस्तक सोही समितिले प्रकाशनको व्यवस्था गर्ने र सो पुस्तकको बिक्रीबाट आउने रकमबाट आकर्ष रोयल्टीसमेत लेखकले प्राप्त गर्दारहेछन् । जर्मनीका 'टाउन रार्इर्टस' हरू विश्व प्रसिद्ध लेखकहरू पनि पर्दछन् । गत वर्षो नोबेल पुरस्कारले सम्मानित लेखिका हरोमुलर सोही 'बर्ेगे-एनकहायम' को सन् १९९५ की 'टाउन रार्इर्टस' थिइन् । त्यहाँका टाउन रार्इर्टसमा विदेशी लेखकहरूले पनि भाग लिन पाउने तर पुस्तक भने जर्मनी भाषा मै लेख्नु पर्नेरहेछ । यस्ता 'टाउन रार्इर्टस' हरूले लेखेका कृतिहरू नै जर्मनी साहित्यका पछिल्लो समयका उत्कृष्ट कृति बनेका छन् ।
यो कुरो थाहा पाउँदा हामी अचम्मित र आकषिर्त भएका थियौं । यसै 'टाउन रार्इर्टस' को एउटा सानो प्रयोग जिटी जेटले नेपालमा पनि पहिलो पल्ट गरेको रहेछ जसको सहभागी हुने सौभाग्य मैले पनि प्राप्त गरेको थिएँ । जब त्यहाँ परिचयका क्रममा मि.उल्फले मेरो बारेमा भन्दै गर्दा म पनि नेपालको भक्तपुर सहरको सन् २००८ को 'टाउन रार्इर्टस' हुँ भन्थे, उनीहरूको मलाई हर्ेने दृष्टिकोण नै भिन्नै भएझैं लाग्थ्यो र विशेष चासोका प्रश्नहरू गर्ने गर्थे ।
'टाउन रार्इर्टस' सम्बन्धी यो कुरा बुझेेपछि भूपाल र्राईले भने, 'धरावासी † यो कुरा काठमाडौं गएपछि हामी पनि खुब प्रचार र पहल गरांै । त्यहाँका सरकारी तथा गैरसरकारी संस्थाहरूसँग यसको व्याख्या गरी हाम्रो देशमा पनि विभिन्न क्षेत्रमा 'क्षेत्रीय लेखन' को अभियान चलाउँ । सरकारको सहयोग प्राप्त भयो र स्थानीय विकास परियोजनाहरूको सहयोग प्राप्त भयो भने थुप्रै लेखक, कलाकारहरूले सिर्जनात्मक रोजगारी पाउन सक्ने रहेछन् ।' भूपालको उत्साहले म पनि बियर फिँजजस्तो अलिकति पोखिएँ ।
र्फकेर आइसकेपछि भूपालसँग टेलिफोनमा एकदर्ुइपल्ट गफ हुनुबाहेक सर्म्पर्क छैन । बेञ्जु शर्मा प्रज्ञापरिषद् सदस्य हुनु भो । विप्लव प्रतीक उतैबाट अमेरिका गए । म कृषि विकास बैंकको कर्मचारी 'समष्टि' को सम्पादक भइरहें । त्यहाँ घुमुन्जेल हामीमा आएको जोस अहिले कता होला भनी म छामिरहेछु तर त्यो कपुरझैं उडेर कतै बिलाइसकेझैं लाग्छ ।
वास्तवमा यी कुरा जो हामीले बुझेर आएका छौं, गम्भीर रूपले पहल गरेमा नयाँ नेपालमा साहित्यिक सांस्कृतिक क्षेत्रमा नयाँ काम हुन सक्छ । कवि-कलाकारहरूले देशका कुना-कुनामा पुगेर वास्तविक देशलाई खोजेर ल्याउने छन् । नयाँ खाले नेपाली जीवन चिनिने छ । तर, राजनीतिक 'रेला' मा फँसेको देशले यस्तो कहिले सोच्ला - सोचे पनि कहिले गर्ला -

No comments: