धरानका छाताचोक, भोटेपुल, भानुचोक, दन्तकाली, बूढासुब्बा छिचोल्दै समग्र नेपाली समाजको सामाजिक तथा राजनीतिक क्षेत्रमा विद्यमान विकृति र अव्यवस्था चिहाउने आँखीझ्याल हो, टापुका स्वरहरू । पैरवी प्रकाशनले बजारमा ल्याएको सीमा आभासका कथाहरूले आजको मान्छेको कुरा गर्छन् । बेलाबेला धरानको स्थानीयतामा डुबे पनि त्यहाँबाट निस्केर माओवादी र सेनाको बर्बरतालाई पनि हृदयस्पर्शी रूपमा छुन पुगेको छ पुस्तक ।
कथाहरूमा पाइने झर्रा शब्द र कलात्मक बान्कीले उनको प्रस्तुतिगत पक्षलाई उजागर गरेका छन् । यसबाट उनी नवोदित भए पनि पृथक् स्रष्टा भएको आभास हुन्छ । र, सम्भावनाको सुदूर क्षितिजसम्म चिहाउन बाध्य गराउँछ ।
यौन र यौवनबारे पनि लेखिकाको कलम अब्बल छ । कथावस्तुहरू सामान्य छन् । समाजमा चलिरहेका प्रसंगहरूमाथि कथा बुनेकी छन्, सीमाले । त्यसभित्र पस्दै जाँदा जीवन र जगत्का धेरै पाटाहरू उद्घाटित हुन पुग्छन् । उनले सामान्यतः सबैका आँखाले देखिरहेका घटनालाई यसरी प्रस्तुत गरेकी छन्, पाठकले पढिसकेपछि अवश्य भन्छ, 'ओहो ! यस पाटोमा त विचारै गरएिको रहेनछ ।' 'दुई किनाराका फूल' होस् या 'डायरी' या 'हिउँफूल' सीमा आभासले कथासिर्जनाको नौलोपनलाई साहित्यमा भित्र्याएकी छन् ।
"...आधुनिक तीनतले भवनको सिरानमा रक्सी पार्छ । घरपछाडि सुँगुरको खोर राख्छ । हरेक दिन भान्सा, रक्सी र सुँगुरको सेकुवामा व्यस्त हुन्छ । विदेशी वाइन डबकामा खन्याएर फर्सी र सुठुनीको सितनसँग पिउँछ र आधुनिक हुनुको अभिनयमा गल्लीमा निस्िकएर असुहाउँदिलो पारामा मात्छ । जिब्रो लरबराएको धराने अंग्रेजी बोल्छ । यो टापु आफूलाई विदेशी नक्कलमा सिँगार्छ । ...गुन्यूचोली, दौरासुरुवाल र ढाकाटोपी लगाएको आफूलाई पुरेर आधा तिघ्रा र छाती उघि्रएको बि्रट्नी स्पेयर्स र सर्टको टाँक खोल्दै गरेको जोन अब्राहमको भित्ताभरकिो पोस्टर हेरेर उघ्राइरहेको छ । ढिँडो र गुन्द्रुक खाएर पफ, बर्गर र पिज्जा डकार्छ । ...यो बाँच्नुको पीडामा विरोधाभास बाँचेको छ ।" यही हो कथाकारले छानेको सहर धरान, जसलाई उनले कथाभित्र धेरै ठाउँमा झकझक्याएकी छन्, ब्यूँझाउन खोजेकी छन् । तर, यो धरानको मात्र होइन, समग्र देशकै पनि कथा हो ।
रमण घिमिरे
No comments:
Post a Comment