- गुरुङ सुशान्त
कविको रुपमा चिनिएकी सीमा आभासले टापुका स्वरहरु २०६६ कथासङ्ग्रहको माध्यमबाट आफ्नो कथाकार अनुहार पनि देखाएकी छिन् ।
नेपाली साहित्यमा नारी स्रष्टाहरुको एक त कमी छ नै स्तरीय नारी स्रष्टाहरुलाई एकै हातको औँलामा गन्न पनि सकिन्छ । यस्तै परिवेशमा आफ्नो बलियो सम्भावनाको पाइला टेक्तै सीमा आभासको लेखनी अघि बढ्दैछ भन्न पाउनु खुसीको पाटो हो । साँझको सङ्घारबाट २०६३ कवितासङ्ग्रह प्रकाशित गरिसकेकी सीमाले आख्यानविधामा हात हालेकी छन् । कविताको पाठक आख्यानले तान्दै गरेको यर्थाथबोध सीमा आभासलाई पक्कै पनि भएको हुनुपर्छ । त्यसैले उनी कथातिर आकर्षित भइन् ।
पन्ध्र कथाहरु समेटिएको यस कथासङ्ग्रहले पूर्वी नेपालको धरानलाई मुख्य केन्द्र बनाएको छ । टापुका स्वरहरु शीर्षकमा आएको हरु ले उत्तरआधुनिकताको बहुलताको सङ्केत गर्छ । टापुले समुद्रबीचको जमीन वा अलग ठाउँ धेरै टाढाको बिरानो ठाउँ भन्ने बोध गराउँछ । कथाकारले धरानलाई टापुका रुपमा हेरेकी छिन् । हुन पनि धरान विविध अर्थको पङ्क्तिमा राखेर हेर्दा टापुझैँ लाग्दछ । भेडागोठालाका लागि ज्यामीका लागि घाँसीका लागि फेसनको सहर बिरानो टापु हो । जहाँ पुग्न असम्भव छ । लाहुरे संस्कृतिले मौलिक संसकृतिलाई धकेलिरहेको धरान बाहिर हरियो बोक्रो भित्र खोक्रो हुँदै गइरहेको कुरा टापुका स्वरहरु पढेपछि थाहा लाग्छ । भनिन्छ धरानका हिपहप र पङ्कहरु खानामा सम्झौता गर्छन् । तर नानामा गर्दैनन् । काठमाडौमा देखिने फेसनका छालहरुको प्रवाहको सुरुवात धरानबाटै हुन्छ । तर धरान बाहिरबाट हेर्दा जति उज्यालो छ आन्तरीक यथार्थ उति नै बढी आँसुको पीडाको अँध्यारोले भरिएको छ । यिनै अँध्यारोका स्वरहरु नै टापुका स्वरहरु हुन् ।
कथाकार निबन्ध कथामा लेख्छिन् यो टापु करोडौँ रुपियाँको ओछ्यानमा काउछोमाथि सुतेर रित्ता सपना बोकेर ब्युँझन्छ । पैसामा किनेको न्यायो मायाको ओछ्यानमा विदेशी सपना देख्दै घुर्छ । पसना निचोरेर विदेशी बलियो बनाउँदा खुम्चिएको लाहुरेको अनुहार मूलघरमा छाडिएका आमाले सिकाएको संस्कार र बाउले सिकाएको परम्परा सम्झँदै चौतारोको आडमा उँघिरहेको छ ।
स्रष्टाहरुको काम सिर्जना गर्नु हो पुनः सिर्जना गर्नु हो । यहाँ सीमा आभासले केही कल्पनाको रङरोगन थपेर समाजका छोपिएका यथार्थलाई उतारेकी छन् यस सङ्ग्रहका कथाले उत्तरआधुनिकताको छातामा पर्ने सीमान्तकृत र निमुखाहरुको जीवनका झलकु प्रस्तुत गर्दछन् ।
उत्तरआधुनिकताको अर्को सशक्त पाटो नारीवाद पनि हो । कथाकार नारी भएकै कारण नारी ब्यथा पीडा र आँसुलाई कथाको भूमिमा प्रष्टढङ्गले उमारेकी छन् । र पुरुष पाठकको मस्तिष्कको ढोका पनि ढक्ढक्याएकी छन् । नारीले नारीयथार्थलाई सजीवढङ्गले मनन् गर्दछन् पुरुषले पुरुष मनको । थाहा छैन तेस्रो लिङ्गीले पुरुष मन बढी जान्दछन् कि नारी मन । सदियौँदेखि नारीहरु पुरुषबाट सामाजिक राजनीतिक मनोवैज्ञानिक र अन्याय दृष्टिबाट शोषित छन् । फलतः कतिपय नारीहरु पुरुषलाई शाषित बनाएर आफू शासक बन्न चाहन्छन् भने कतिपय नारीहरु पुरुष-नारीबीच सद्भावसहित समस्थान बनाउन चाहन्छन् ।
यस कथासङ्ग्रहका कति नारी पात्र पुरुषलाई आड-भरोसाका साथ प्रेम गर्दछन् कति घृणा गर्दछन् । दुई किनाराका फूल कथाकी बूढी भन्छिन्- नानी भन्न त नहुने मेरै बाउ लोग्नेमान्छे । मेरै छोरो लोग्नेमान्छे । मेरै लोग्ने लोग्नेमान्छे । हामी स्वास्नीमान्छेको आड र भरोसा लोग्नेमान्छे तर पनि नानी यो लोग्नेमान्छेले त मरेकी स्वास्नीमान्छेको लाश भेट्यो भने पनि…॥
जवाफमा म पात्र भन्छिन्- कहाँ सबै लोक्नेमान्छे त्यस्ता हुन्छन् र यौटा खराब भयो भनेर सबैलाई दोष दिन मिल्छ यहाँ म पात्र समतामूलक सुन्दर समाज चाहन्छिन् भने बूढी पात्र पुरुषबाट प्रताडीत भएर पुरुषलाई घुणा गर्छिन् ।
सङ्ग्रहका कतिपय कथाका पुरुष पात्रहरु अनौठा पनि छन् । डायरी कथाको पुरुष पात्र बोल्दछ- मैले चिहानको साधना गर्ने क्रममा स्त्रीलाशसँग सम्भोग गरेको छु । मैले स्त्रीलाशसँग सम्भोग गर्दा जीवित र मृतमा एउटा मात्र फरक पाएको छु । त्यो के भने जीवित स्त्रीमा तातोपन आउँछ । त्यो तातोपनले सम्भोग गर्दा अत्यन्त आनन्दको अनभूति दिन्छ तातोले आनन्दको राप थपिदिन्छ । तर मृत स्त्रीमा त्यो तातोपन हुँदैन । आनन्दमा चाहिँ कुनै कमी आएको पाइँन मैले ।
कथाभरि नारीका चित्कारहरु सुन्न सकिन्छ । समाजमा नारीहरु बलात्कृत भएका घटना हामीले देख्दै र सुन्दै आएकै कुरा हो । एउटा कथामा त्यही यथार्थ पोखिएको छ । कथामा एक लाटी पात्र गर्भवती भएकी छ आफ्नै आफन्तबाट । आमा भइसकेपछि लाटी आफ्नो मातृत्वको पूर्णताबाट सन्तुष्ट हाँसो बाँचेकी छ । ऊ आफू कुमारी आमा बन्नुपरेको यथार्थभन्दा पनि आमा बन्न पाएकोमा आफूलाई पूर्ण ठान्छे सायद् ।
कथामा देहव्यापार गर्ने नारी पात्रहरु पनि छन् । यौन सबैको आवश्यकता हो । यसो भन्दैमा कसलाई रहर हुन्छ र आफ्नो शरीर बेचेर यौनको आनन्द लुट्ने तर समाजमा कति त्यस्ता पात्रहरु छन्- देहव्यापार गर्नुपर्ने बाध्यात्मक परिस्थितिको जाँतोमा पिसिएका । कथामा अवैध सन्तान बोक्ने नारी पात्रलाई सशक्तढङ्गले उभ्याइएको छ । पात्र बोल्दछ- एकैछिन तीनै जनाले सम्पर्क राखे । त्यसपछि आजसम्म कसैसँग फँस्नुपरेको छैन । त्यही बेलाको गर्भ बसेको हो । सन्तानको पिता पत्ता नलाग्दा नारी पात्र भन्दछिन्- मेरो पेटको गर्भ कस्को हुनु नि मेरै हो । यहाँ नारीपीडा र अस्तित्व एकसाथ खडा भएका छन् । यस्तै यथार्थलाई सीमा आभासले कथामा उतारेकी छन् ।
धरानका जीवनमा केही मात्र प्रवासीपन आएको छ । लाहुरेहरु विदेशिन थालेका छन् । कति घरहरु रित्ता छन् कति मनहरु रित्ता छन् । बाँकी रहेका युवा दुव्र्यसनमा फँसिरहेका फलतः देश नै अपाङ्ग बन्दैछ । हुन त यो धरान प्रतीक पनि हो । बेरोजगारी समस्या अनिर्णयको बन्दी राष्ट्रिय परिस्थिति पारिवारिक बेमेल देखासिकी सानो उमेरमा अनपेक्षित धन प्राप्ति आदि कारण देशका अधिकांश युवाहरु लागूपदार्थको दलदलमा फँसिरहेका छन् । राज्यले कूलतमा फँसेका जमातलाई सम्बोधन गर्न सकिरहेको छैन र दिनदिनै अधोगतिको थपमा यात्रारत छ भविष्य । राज्यको यही दुर्गति यस कथासङ्ग्रहमा देखाएकी छन् कथाकारले ।
समाजले समयसँगै कोल्टे फेर्दैछ । संस्कृति र सभ्यताले नयाँ रुप धारण गरेको छ । समाजको प्रतिरुप साहित्यमा देखापर्दछ । त्यसैले यस कथासङ्ग्रहमा पनि संस्कृतिका नयाँ आयामहरु समेटिएका छन् । यहाँ साइबर संस्कृतिका झलक पनि भेटिन्छन् । प्रेमनगर- एक कथा भन्छ- अनलाइनमा उनीहरुले लगातार तीन वर्षसम्म कुरा गरे । अनलाइनमै फस्टाएको हो उनीहरुको प्रेम । त्यति हुँदाहुँदै पनि यसैपालिको भ्यालेन्टाइनबाट मात्र प्रेमले मूर्त रुप पायो । यहाँ पात्रहरु डिजिटल प्रविधिलाई आत्मसात् गर्दछन् । विवाह नगरी लिभिङ टुगेदरको जीवन पद्दति अँगाल्ने पात्रहरुबारे कथा बोल्छ- पुल्की र डोसा दुबैले परिवारसँग युके नजाने सोच बनाए । उनीहरुले सँगै सबे पनि घरजम नगर्ने सल्लाह गरे । बिहे गरेर झण्झट बसाउनुभन्दा बिहे नै नगर्न धेरै आनन्द ठान्थे । यी कुराहरु उत्तरआधुनिकताका अभिलक्षण हुन् ।
२०६६ मंसिर महिनामा गढिमाई मन्दिरमा २०औँ हजार पशुपक्षीको बलि दिइएको कुरा छापामा आयो । कतिले त्यसको विरोध गरे । तपस्वी रामकुमार बमजनले बलि रोक्न आग्रह गरे । तर बलिलाई उत्सवका रुपमा हेर्दै लाखौँ मान्छे रमाए । संवेदनयुक्त बलिप्रथाविरुद्ध सीमा आभासका कथाहरु खरो उभिएका छन् । प्रेमनगर श्रृङ्खलाका तीन कथामा बलिप्रथाको चित्रण छ । कथाको पंक्ति बोल्छ- यो बिहानभरि डेढसयभन्दा बढी पशुपक्षीको ज्यान बूढासुब्बामा चढिसकेका छन् । पर्यावरणचेतले धरतीका पशुपक्षी र वनस्पतिको संरक्षण गर्नुपर्छ उनीहरुको अस्तित्वलाई सम्मान गर्दै सहअस्तित्वको सिद्धान्त अबलम्वन गर्नुपर्छ । यो चेत उत्तरआधुनिक चेत हो । मान्छे विवेकी हुँ भन्छ तर मान्छे जत्तिको अविवेकी कुनै प्राणी पनि हुँदैन । मान्छेले जनावर पशुपक्षँी रुखविरुवामाथि सधैँ अन्याय गर्छ । तर मान्छेलाई यी कुनै पनि अन्याय गर्दैनन् भन्ने पङ्क्तिले कथाकारभित्र वातावरणीय सचेतताको आभाष दिन्छ । बाँस मासिन्छ भनेर बूढासुब्बा मन्दिरका बाँसहरुमा केटाकेटीको नाम लेख्न छाडिएको प्रसङ्गलाई पनि कथाकारले रोचकढङ्गमा प्रस्तुत गरेकी छन् । वातावरणवाद धर्तीलाई यन्त्र मान्दैन जीवित प्राणीजस्तै सावयव मान्दछ । जसरी एउटा मान्छेको व्यवहार अर्को मान्छेप्रति प्रेम सहानुभूति एवम् समझदारीमा आधारित हुनुपर्छ । त्यसैगरी प्रकृतिप्रति मान्छेको सम्बन्ध प्रेममैत्री हुनुपर्छ न कि युद्धमा बिजेता र बिजितको जस्तो कृष्ण गौतम उत्तरआधुनिक जिज्ञासाः २०८ । यस अवधारणाप्रति कथाकार सीमा आभास सहमत देखिन्छिन् ।
उत्तरआधुनिकताले इतिहासलाई पनि नयाँ हेराइमा हेर्ने गर्दछ ।
सालिक कथामा भानुभक्तप्रति हेर्ने दृष्टि जातिवादी र जनजातिवादीय छ । तर ती दृष्टिलाई कथाकारले कलात्मक शैलीले पस्केकी छन् ।
द्वन्द्वका पक्षहरुलाई उत्तरआधुनिकताले ठूलो चासोका साथ हेर्ने गरिएको छ । नेपालमा द्वन्द्वले निम्त्याएका घाउहरुको दुखाइ दीर्घकालीन छन् । जे उद्देश्य शक्ति र कारणले द्वन्द्व भएपनि परिणाम त आँसु नै हो चपेटामा त जनता नै पर्ने हुन् । होम भट्टराईय एक लाइन कविता बोल्छ- युद्धमा जनता- दुई बन्दुकले ताकेको एउटै शिकार । वास्तवमा संसारका हरेक युद्धमा निर्दोष जनता बलि चढेका छन् । आफ्नो घरलाई घर मान्न नसकिने आफन्तलाई आफन्त ठान्न नसकिने ब्यथा बोकेर बन्दी जीवन बाँच्न विवश जनता द्वन्द्वको अवशान चाहन्छन् बुद्ध पुकार्छन् गान्धीवादी क्षितिज हेर्छन् । तर तिनको पुकाराको सुनुवाई कहाँ कहिले भयो र यस कथासङ्ग्रहमा दोहोरो द्वन्द्वको चेपमा च्यापिएका निरीह पात्रहरुको आर्तनाद प्रष्टै सुन्न सकिन्छ ।
सीमा आभासका कथामा निबन्ध र कविताको स्वाद पाउन सकिन्छ । पात्रहरुको सम्वादले नाटकीयताको रङ पनि दिन्छ । यसरी हेर्दा उत्तरआधुनिकताको एउटा पक्ष विधामिश्रण पनि यहाँ देखिन्छ । त्यसबाहेक सवाल्र्टनतिर पनि कथाकारको ध्यान गएको देखिन्छ ।
यसरी धरानकेन्द्रित कथाले नेपाली जीवनको गतिलाई समेट्न सफल छ । उत्तरआधुनिक जीवन र लेखन हतारमा नै हुन्छ कि क्या हो कुन्नी कथाकारलाई कथानकको विस्तार तथा मनोवैज्ञानिक लेखनभन्दा वर्णनात्मकताबाट कथा टुङ्ग्याउने हतार भएको प्रष्टै देखिन्छ । तैपनि कथा पठनीय छन् । यसबाट कथाकारको कथाचेत र शील्पीपक्ष उजागर हुन्छ ।

No comments:
Post a Comment