चिसा ओछ्यानमा ब्युँझन्छन्
सपना चुहेका रातहरु
शरीरको अमिल्दो आकृति जुरुक्क उचालेर
एकाबिहानै बगैंचासम्म पुर् याउँछु
सडकमा हिँड्दा हिँड्दै
ओसिएका सपना
केही गन्तब्य खोजिरहेछन् ।
असिनाले कुटिएका जवानी
निथ्रुक्क भिजेर
नदेखिने गरी शरीरमा टाँसिएका छन्
फकि्रन नसकी बूढिएको चाहना
चिमोटिरहन्छ हरेक बसन्तको पहिलो बिहान ।
कालोपत्रे सडक किनारमा
िठंग उँभिएर
कोपिला गुच्छा
झ्याम्म झाँगिएका हाँगामा
जवानी फूली सुकेको रुखचित्र कोरिदिन्छु
फर्कन्छु
उजाड मानसिकता च्यापेर ।
च्यातिन तर्खर सपना
टालटुल गरेको थोत्रो कपडाले बेरेर
आफ्नै पोल्टामा सम्हाली
बसन्तको स्वागतमा नाच्नेको भीडमा
सपनाका दृश्य
यत्रतत्र कोपरिएर सल्बलाइरहेको देख्छु ।
आवेशमा सपनाका दृश्य
धूजा-धूजा पारेर च्यातिदिन्छु
चुपचाप फर्कन्छु
आरुफूल भेट्न ।
हाँगाबाट चुँडिएर हिलोले पुरिएका
भुँइभरि बग्रेल्ती आरुफूलमािथ
असिना नाचिरहेको देख्छु
आरुफूल सुम्सुम्याउन खोज्छु
औलाहरु टुक्रा-टुक्रा भएर बज्रन्छन्
नराम्रोसँग छातिमा टेकेर
चुहेका जवानी
पोल्टाका सपना
मेरै उपहास गरिरहेछन् ।
गन्तब्य टुटेका सडकमा उँभिएर
अर्को बसन्त नउदाउँदै
अर्को बर्ष आरुले बैंश नदेखाउँदै
ब्युँझन नसक्नेगरी
भग्नावशेषमा परिणत भइरहेछ
आरुफूल र सपना ।
सपना चुहेका रातहरु
शरीरको अमिल्दो आकृति जुरुक्क उचालेर
एकाबिहानै बगैंचासम्म पुर् याउँछु
सडकमा हिँड्दा हिँड्दै
ओसिएका सपना
केही गन्तब्य खोजिरहेछन् ।
असिनाले कुटिएका जवानी
निथ्रुक्क भिजेर
नदेखिने गरी शरीरमा टाँसिएका छन्
फकि्रन नसकी बूढिएको चाहना
चिमोटिरहन्छ हरेक बसन्तको पहिलो बिहान ।
कालोपत्रे सडक किनारमा
िठंग उँभिएर
कोपिला गुच्छा
झ्याम्म झाँगिएका हाँगामा
जवानी फूली सुकेको रुखचित्र कोरिदिन्छु
फर्कन्छु
उजाड मानसिकता च्यापेर ।
च्यातिन तर्खर सपना
टालटुल गरेको थोत्रो कपडाले बेरेर
आफ्नै पोल्टामा सम्हाली
बसन्तको स्वागतमा नाच्नेको भीडमा
सपनाका दृश्य
यत्रतत्र कोपरिएर सल्बलाइरहेको देख्छु ।
आवेशमा सपनाका दृश्य
धूजा-धूजा पारेर च्यातिदिन्छु
चुपचाप फर्कन्छु
आरुफूल भेट्न ।
हाँगाबाट चुँडिएर हिलोले पुरिएका
भुँइभरि बग्रेल्ती आरुफूलमािथ
असिना नाचिरहेको देख्छु
आरुफूल सुम्सुम्याउन खोज्छु
औलाहरु टुक्रा-टुक्रा भएर बज्रन्छन्
नराम्रोसँग छातिमा टेकेर
चुहेका जवानी
पोल्टाका सपना
मेरै उपहास गरिरहेछन् ।
गन्तब्य टुटेका सडकमा उँभिएर
अर्को बसन्त नउदाउँदै
अर्को बर्ष आरुले बैंश नदेखाउँदै
ब्युँझन नसक्नेगरी
भग्नावशेषमा परिणत भइरहेछ
आरुफूल र सपना ।
No comments:
Post a Comment