तिमीले चुराको घर भत्काउन खोज्यौ
मेरै मझेरीभरि चुल्याउँदै
टुक्रा-टुक्रा बेदना
हिमाल बनाएर आफैभित्र ।
सगरमाथाको आडमा बसेर
हरिया राता काला र पहेंला चुराहरु
टुक्राएर जोड्न
जोडेर टुक्राउने
तिम्रा अभ्यस्त हातबाट
दिइदैन कुनै संवेदना
झर्दैन कुनै आँसु
चिच्याउँदैन कुनै चित्कार
केबल बग्छ रातो नदी
सगरमाथाको फेदी हुँदै
चुरा घरको मुलद्धारसम्म ।
चुराको घर नभत्कनु पर्छ
तिमीले ओगटेको धर्ती नभिज्नुपर्छ
कहिल्यै नरोकिने रातो नदीले
स्वीकार्नुपूर्व ढल्नुहुँदैन
अस्तित्वमा नआएका सगरमाथाहरु ।
काँचले बनेको चुरा
चुराले बनेको घर
तिमी र हामी सम्पूर्ण काँचको चुरा हौं
चुराको घर हौं
जुनसुकै बेला टुट्न सक्छौ ।
चुराको घर
आस्थाका किरणले अडिनुपर्छ
संगीतले सजिनु पर्छ
सगरमाथाको छानोले छाइनुपर्छ
विश्वासले भित्ताहरु लिपिनुपर्छ
भत्कनु हुँदैन चुराको घर ।
मेरै मझेरीभरि चुल्याउँदै
टुक्रा-टुक्रा बेदना
हिमाल बनाएर आफैभित्र ।
सगरमाथाको आडमा बसेर
हरिया राता काला र पहेंला चुराहरु
टुक्राएर जोड्न
जोडेर टुक्राउने
तिम्रा अभ्यस्त हातबाट
दिइदैन कुनै संवेदना
झर्दैन कुनै आँसु
चिच्याउँदैन कुनै चित्कार
केबल बग्छ रातो नदी
सगरमाथाको फेदी हुँदै
चुरा घरको मुलद्धारसम्म ।
चुराको घर नभत्कनु पर्छ
तिमीले ओगटेको धर्ती नभिज्नुपर्छ
कहिल्यै नरोकिने रातो नदीले
स्वीकार्नुपूर्व ढल्नुहुँदैन
अस्तित्वमा नआएका सगरमाथाहरु ।
काँचले बनेको चुरा
चुराले बनेको घर
तिमी र हामी सम्पूर्ण काँचको चुरा हौं
चुराको घर हौं
जुनसुकै बेला टुट्न सक्छौ ।
चुराको घर
आस्थाका किरणले अडिनुपर्छ
संगीतले सजिनु पर्छ
सगरमाथाको छानोले छाइनुपर्छ
विश्वासले भित्ताहरु लिपिनुपर्छ
भत्कनु हुँदैन चुराको घर ।
No comments:
Post a Comment