ए क्लाउडिया
तिमीलाई नदेखेको बाईस बर्ष भइसक्यो
र पनि प्रेम गर्छु दिगन्त आँखाले
बिस्रन सक्तिन तिमीलाई नदेखेका सम्झनाहरु ।
इटाभट्टाको चिममाथि बसेर
तिमीलाई मनभरि प्रेम गर्छु
अस्वीकार नगर
मिसाइलको खातमाथि बसेर लेखेको प्रेमपत्र
मेरो शयनकक्षमाथि तरबार झुण्डिएको छ
तरबार झरेर हाम्रो प्रेम चिर् यो भने
मेरो भित्तामा लेपासिएका
तिम्रा तस्विर एक्लिनेछन्
तस्विर एक्लिनु अगाबै
झर्न नदेऊ तरबारको धार
तिमी समुद्रको किनारमा बसेर माछा मार्छौ
म सगरमाथाको फेदीबाट
भेडाका बथानहरु तराईतिर खेद्दै
तिम्रो र मेरो दुरी घटाउने प्रयासमा
हरदम नापिरहन्छु
समुद्रदेखि तन्किएर
सगरमाथामा ठोक्किएको आकाश७३डडण्द्धस
पुरानो गार्मेन्टको कुनामा बसेर सिउँछु
उधि्रएका जीवनका पाटाहरु
तिमीलाई टालेको जिवन अर्धानो लाग्नसक्छ
सोचेजस्तो नहुन सक्छ ।
समुद्रमा माछा मार्नु
तिम्रो शोख होला
तर म भेडाको पछि-पछि लागेर उमेर निमोठिरहेछु
तिमीले बुझेको छ छैन
तन्किएको आकाश खुम्च्याउन खोज्नु
तिम्रो सामिप्यता चाहनु हो
तिम्रो सामिप्यता चाहनु
जीवन मोहको रहर मेटाउनु हो
तिमीलाई सामिप्यतामा राख्न खोजें
तिमीले नबुझेको धरातलमा ओराल्न खोजें
माफ गर
सदा-सदाको लागि ।
तिमीलाई नदेखेको बाईस बर्ष भइसक्यो
र पनि प्रेम गर्छु दिगन्त आँखाले
बिस्रन सक्तिन तिमीलाई नदेखेका सम्झनाहरु ।
इटाभट्टाको चिममाथि बसेर
तिमीलाई मनभरि प्रेम गर्छु
अस्वीकार नगर
मिसाइलको खातमाथि बसेर लेखेको प्रेमपत्र
मेरो शयनकक्षमाथि तरबार झुण्डिएको छ
तरबार झरेर हाम्रो प्रेम चिर् यो भने
मेरो भित्तामा लेपासिएका
तिम्रा तस्विर एक्लिनेछन्
तस्विर एक्लिनु अगाबै
झर्न नदेऊ तरबारको धार
तिमी समुद्रको किनारमा बसेर माछा मार्छौ
म सगरमाथाको फेदीबाट
भेडाका बथानहरु तराईतिर खेद्दै
तिम्रो र मेरो दुरी घटाउने प्रयासमा
हरदम नापिरहन्छु
समुद्रदेखि तन्किएर
सगरमाथामा ठोक्किएको आकाश७३डडण्द्धस
पुरानो गार्मेन्टको कुनामा बसेर सिउँछु
उधि्रएका जीवनका पाटाहरु
तिमीलाई टालेको जिवन अर्धानो लाग्नसक्छ
सोचेजस्तो नहुन सक्छ ।
समुद्रमा माछा मार्नु
तिम्रो शोख होला
तर म भेडाको पछि-पछि लागेर उमेर निमोठिरहेछु
तिमीले बुझेको छ छैन
तन्किएको आकाश खुम्च्याउन खोज्नु
तिम्रो सामिप्यता चाहनु हो
तिम्रो सामिप्यता चाहनु
जीवन मोहको रहर मेटाउनु हो
तिमीलाई सामिप्यतामा राख्न खोजें
तिमीले नबुझेको धरातलमा ओराल्न खोजें
माफ गर
सदा-सदाको लागि ।
No comments:
Post a Comment