तस्वीर पढेनौ

कुन लहडमा आÏनै तस्वीर बनाएर
बेवारिसे छोड्यौ


तिम्रो विगत जस्तो छ तस्वीर
तर तिमी जस्तो छैन ।

तिमीले बिसर्िए पनि तिम्रो आकाशगंगामा
अर्धकद तस्वीर झुण्डिएर हल्लिएको बर्षौ भईसक्यो ।

सूर्य निदाउने जंगलको तल बसेर
धार्मिक ग्रन्थका ठेली पढ्छौ
र पढ्दैनौ आफ्नै तस्वीर झुण्डिएको ।

तिमीले पढेका पुस्तकले तिमीलाई नै अल्मल्याएर
तिम्रै सामिप्यतामा बदलिन्छन् पुस्तकका हरफहरु
तिनै हरफहरु पढ्छौ र पनि केहि पढ्दैनौ ।

तिम्रैं आकाशगंगाबाट तस्वीर भूँईमा झर् यो र हाँस्यो
पुस्तकका ठेलीमाथि बसेर पुनः तस्वीर कुँद्यो ।

पुस्तक पढ्न नसक्ने बनाइदियो
पल्टाउन सकेनौ कुनै अक्षरयुक्त पान्नाहरु
पान्नायुक्त पुस्तकहरु ।

त्यो तस्वीर यर्थाथ हो
त्यसमा पिडा र खुसीको समिश्रण छ
जीवन र मृत्यु छ ।

तस्वीरसँग टाढिएर एक्लिएका छौ आफैंदेखि
तस्वीर टाढिन सकेको छैन तिमीदेखि ।
सबै थोक पढ्न खोज्यौ
आखिर आफैले बनाएर छोडेको
तस्वीर पढेनौ ।

तस्वीर तिमीलाई पढिरहेछ ।

No comments: